२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुन्छ: कृष्णबहादुर महरा

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।

पूर्वसभामुख समेत रहेका महराले सरकार भित्र भएपनि वा बाहिर भएपनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन्।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए।

उपाध्यक्ष महराले भने, ‘जो दोषी छन्। तिनी कारबाहीको दायरा भित्र पर्दछन। जो दोषी छैन्, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन। सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’

प्रकाशित: २३ वैशाख २०८० ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App