२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ‘ध्यानाकर्षण’ पत्र

फाइल तस्बिर

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नाविरुद्ध समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण  भएको ब्यहोराको विज्ञप्ति जारी गरेका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन्। भुटानी शरणार्थी प्रकरणमा खाँणको पनि नाम जोडेर समाचारहरु प्रकाशन भइरहेका छन्।  

विज्ञप्ति जारी गर्दै खाँणले भनेका छन्–‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’

खाँणले नक्कली शरणार्थी प्रकरणकोबारेमा ध्यानाकर्षण पत्रमा उल्लेख भने गरेका छैनन्। कुन प्रसंगको समाचारमा व्यक्तिगत चरित्रहत्या  भएको भन्ने नबताएपनि नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि घुमाउरो ढङ्गले समाचारमा आएका कुराहरूको अस्वीकार गरेका छन्।

प्रकाशित: २३ वैशाख २०८० ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App