४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश

सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: २० वैशाख २०८० ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App