४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा कार्यालयमा साइकललाई प्रवेश छैन भनेपछि...

तस्बिर: साइकलयात्री पुस्कर शाहको सामाजिक सञ्जालबाट।

साइकलयात्री पुस्कर शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यालय बसुन्धराभित्र छिर्न रोकिएको छ। साइकल लिएर रास्वापा पार्टी कार्यालय बसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको हो।  

सोमबार शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफूलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका छन्।

‘चिया गफको लागि उपाध्यक्ष अर्यालले बिहान निम्ता दिनुभएको थियो।अध्यक्षज्यूलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो,’ उनले लेखेका छन्, ‘ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ। भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ। मैले त्यो बारे प्रश्न गरेँ। पालेले गाडी र मोटर साइकल त पाउँछ भने।’

त्यसपछि थोत्रो कोट भिजाउँदै आफू घर फर्किएको पनि उनले लेखेका छन्। 

प्रकाशित: १८ वैशाख २०८० ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App