२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता (तस्वीरहरु)

राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता जनाएको छ।

शनिबार पार्टीका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको हो।  

धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको समुह समेत ऐक्यबद्धताका लागि पुगेका थिए।  

आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसंगको भेटमा निर्देशन समितिका अध्यक्ष डा.लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउनु हुँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिएका छन्।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिँदै अनुसन्धान, नबप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताएका छन्। शुक्रबारदेखि पुनसहितको टोली माइतीघरमा धर्ना बसिरहेको छ। गएराति पनि उनीहरु त्यही वास बसेका थिए।  

 

प्रकाशित: १६ वैशाख २०८० ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App