१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचनको परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने सिकायो: नेता भट्टराई

फाइल तस्बिर

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताएका छन्।

उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए।  

उनले भने, ‘अहिलेका निर्वाचनबाट आएका परिणामहरुले हिजोदेखि जनतामा स्थापित भएका कतिपय ठूला दलहरुका सन्दर्भमा जे प्रश्नहरु उठिरहेको छ, ति दलहरु भित्र कतिपय रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउँछ। त्यो एउटा सकारात्मक कुरा हो। त्यसअर्थमा लिनुपर्छ। यो कुनै एउटा चमत्कार भयो भन्ने शैलीमा जसरी व्याख्या गर्न खोजिँदैछ, निर्वाचन एउटा सहज प्रक्रियामा जनताले उहाँहरुलाई छाने। जनताले छान्ने अधिकार हो।’

प्रकाशित: १२ वैशाख २०८० १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App