५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरी उपचार जारी छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइराखेका पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो। राष्ट्रपति पौडेलमा शारीरिक रूपमा शिथिलता देखिए पनि हिँडडुल गर्न सक्ने अवस्था रहेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको उपचारमा संलग्न रहेका चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App