४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार

भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएका नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

प्रकाशित: १० वैशाख २०८० १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App