२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जनताको पीडा बुझ्न नसके राजनीतिको कुनै काम छैन्: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताएका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। पाँच वर्षको स्थायी सरकार कायम गर्ने प्रतिबद्धताबमोजिम अगाडि बढेको गठबन्धनले देशको विकास गर्ने नेपालको भनाइ थियो।

'त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ', नेपालले भने।

गठबन्धनलाई बलियो बनाएर जाने सङ्कल्प लिइएको बताउँदै उनले भने, 'सहमति र एकताले देश विकास गर्नेमा हामी प्रतिबद्ध छौँ, जनताको समस्या समाधानका लागि प्रतिबद्ध छौँ।'

जनताको पीडा बुझ्न नसके राजनीतिको कुनै काम नरहेको बताउँदै देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने काममा गठबन्धन सफल हुने उनले विश्वास व्यक्त गरे। 

प्रकाशित: ६ वैशाख २०८० १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App