१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षा क्षेत्रको पुनरावलोकन गर्नुपर्‍यो: डा. आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले नेपालको शिक्षा क्षेत्रको पुनरावलोकन गर्न माग गरेकी छिन्।

उनले बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उक्त माग राखेकी हुन। ‘भावि सन्ततिका लागि अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक भएको छ। सबै शिक्षा क्षेत्रको पुनरावलोकनका लागि अनुरोध गर्दछु’, डा. राणाले भनिन्।

उनले धनगढीका १८ वटा सामुदायिक विद्यालयका ८ कक्षाको नतिजा शून्य आएको उल्लेख गर्दै ‘सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न उठेको छ’ बताइन्। डा. राणाले विद्यालय र क्याम्पसहरुमा विद्यार्थी भर्ना संख्या कम हुदै जानु राम्रो लक्षण नभएको बताइन्।

‘शिक्षा क्षेत्रमा भइरहेको लगानी अनुसार प्रतिफल प्राप्त नहुनु पनि राम्रो होइन’, उनले भनिन्, ‘आधारभूत तथा माध्यमिक तहको निरन्तर मूल्याङकन गर्नुपर्छ। नतिजालाई आधार मानेर शिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ।’

डा. राणाले विद्यालय व्यवस्थापन समितिमा धेरै राजनीति भइरहेको बताइन्। यस तर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने उल्लेख गरिन्।

‘विश्व विद्यालयहरुमा विद्यार्थी भर्ना दर बढाउन मल्टिसेक्टरले ध्यान दिनुपर्छ। शैक्षिक मूल्याङकन अपरिहार्यका छ’, उनले भनिन्।

प्रकाशित: ६ वैशाख २०८० ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App