६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रविले भने,'नुन चुक बोकेर नआउनु,मेरो भाइको स्वास्थ्य लाभको कामना गरिदिनु'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य लाभको कामना गर्न अपिल गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले आफ्नो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको र  स्वास्थ्य लाभको कामना गर्न अपिल गरेका हुन्।

उनले लेखेका छन्,'आज बिहान  प्रिय  शम्भु भाइ (मेरो गाडी चालक)  छत बाट खसेर   दुर्घटनामा पर्नु भयो।  पुरानो मेडिकल कलेज मा उहाँ उपचाररत हुनुहुन्छ। बिहानै देखि निरन्तर र भरखरैपनि  मैले चिकित्सक सँग  परामर्श गरे अनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर  छ। प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन। म नेता भन्दा पहिले मानिस हुँ।  म पनि थाक्छु, गल्छु मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर  राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा  संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।'

सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको भाडाको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।

प्रकाशित: ४ वैशाख २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App