१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सत्ता स्वार्थ बेमेल हुने बित्तिकै बर्तमान सत्ता गठबन्धन ढल्छः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिसभाका सांसद राजेन्द्रकुमार लिङदनले बर्तमान सत्ता समिकरण सत्ता स्वार्थ समूहको गठजोड भएकोले स्वार्थ बेमेल हुने बित्तिकै गठबन्धन ढल्ने बताएका छन्। पार्टी सुद्रिढीकरण अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम लिएर हिमाली जिल्ला ताप्लेजुङ आईपुगेका लिङदेनले सोमवार बिहान फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ठूलो बैदेशिक दबाबमा रहेको बताए। 

द्धन्दकालिन मुद्दाका कारण जीवनकालभरी सत्तामा रहिरहनुपर्ने प्रचण्डको बाध्यता र त्यहिँ बीचको कमजोरी पत्ता लगाएर आफु सत्तामा पुग्ने अरु गठबन्धन दलको मानसिकताका कारण केन्द्रीय सत्ता गठबन्धन जतिबेलै भत्कन सक्ने उनको भनाई थियो। लिङ्देनले राप्रपा द्धन्दको तेस्रो पक्षको पींडाको साथमा रहेको बताए। 

‘तत्कालिन बिद्रोही र सत्ता पक्षमा नभएका तर द्धन्दको प्रत्यक्ष मार र पींडामा रहेका समुदायको पक्षमा टिआरसी बिधयेक नभएकोले राप्रपा यो बिधयेक यहिँ रुपबाट अघि बढ्न सक्दैन भन्ने पक्षमा रहेको छ’लिङदेनले भने। उनले द्धन्दकालमा गम्भिर प्रकृतिका अपराधमा संलग्न हुनेलाई समेत छुट दिने गरी तयार भएको बिधयेकले द्धन्दकालका घटनाको निरुपण गर्नै नसक्ने दावी गरे।

पूर्व उपप्रधान तथा उर्जा मन्त्री समेत रहेका लिङदेनले प्रदेशसभालाई मध्यावधि निर्वाचनको गलत बाटोमा नलैजान कोशी प्रदेश सरकारका बारेमा राप्रपा तत्काल कुनै निर्णय नगर्ने बताएर बर्तमान सरकारलाई निरन्तरता दिने संकेत गरेका छन्। उनले अंक गणितका हिसावले पनि राप्रपाको निर्णय कोशी प्रदेश सरकारका लागि महत्वपूर्ण हुने भन्दै राप्रपाका लागि सरकार अदलबदल प्राथमिकताको बिषयमा नपरेको सुनाए। प्रदेश नामाकरण बिबाद बारे बोल्दै उनले राप्रपा प्रदेश खारेजीको पक्षमा रहेकोले प्रदेशको नाम के हुने भन्ने बिषय आफ्नो प्राथमिकताको क्षेत्र भन्दा फरक रहेको टिप्पणी गरे। 

प्रदेश नामाकरणको सवालमा उनले भने‘द्धन्दकालमा द्धन्दलाई मलजल गर्न छरिएको जातिय राज्यको भ्रम छर्ने शक्तिको निर्णय कस्तो रहयो भन्ने प्रश्न चाँहि अझै गम्भिर होला ?’। उनले प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउने गरी अधिकार प्रत्योजन गर्नुपर्नेमा जोड दिए। आफुहरु प्रदेश खारेजीको पक्षमा भएपनि जनताको अभिमत प्राप्त गरेर आफ्नो मान्यता जनमतबाटै प्राप्त गर्न आफुहरुले अहिलेको संबिधान माथि बिद्रोही नबनेको टिप्पणी गरे।  

प्रकाशित: ४ वैशाख २०८० ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App