११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ढाका कुमारको सचिवालयले भन्यो- आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारवाही हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएकाे संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन्।  

प्रसााईसँग दुई करोड रुपैयाँ मागिएको अडियो श्रेष्ठको नभएको दाबी गर्दै उनको सचिवालयले प्रेस विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा श्रेष्ठको आवाज सम्पादन गरी राजनैतिक भविष्य लक्षित गरी  षडयन्त्र गरिएकोसमेत भनिएको छ।  

व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएपछि सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गरी फोन सम्वादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठका नभएको दाबी गरेको हो।  

विज्ञप्तिमा भनिएको छः 'एक अनलाइन मिडियाले मा.डा.ढाकाकुमार श्रेष्ठ र अर्का एक व्यक्ति बीच फोन सम्वाद भएको र सो सम्वादमा बोलेको अभिव्यक्तिहरु मा. डा. ढाकाबहादुर श्रेष्ठ नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा  राजनैतिक भविष्य लक्षित गरी गरिएको हो। '

विज्ञप्तिमा अगाडी भनिएको छ,  ‘सो अडियोमा भनिएकोजस्तो मा.डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुँदा यो योजनाबद्ध ढंगले मा डा।ढाकाकुमार श्रेष्ठको इज्जत, मान मर्यादालाई गिराउन केही समूहहरु हात धोएर लागेको प्रस्ट छ ।’

श्रेष्ठको सचिवालयले सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

‘सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडा कार्वाहीको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाई, शुभचिन्तकहरुमा मा।ढाकाकुमार श्रेष्ठ निस्वार्थ इमान्दार कर्मठ, एक व्यक्तित्व रहनुभएकोले यो नियोजित कपोकल्पित भ्रमको पछि नपरिदिनुहुन अनुरोध गर्दछौं। र शीघ्र सत्य तथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौं’ विज्ञप्तिमा भनिएको छ।  

आइतबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिर आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ।  छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ ।

प्रकाशित: २७ चैत्र २०७९ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App