६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन्।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा स्वर्णिम वाग्लेको उम्मेदवारी दर्तापछि आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मुद्दाको सम्बोधन हुने भए पनि प्रतिशोध र षड्यन्त्र सम्बोधन गर्न नसकिने बताए।

'आज एउटा मुद्दा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो, भइरहन्छ', लामिछानेले भने। कुनै मान्छेलाई लखेट्ने गरी गरिएको गलत प्रवृत्तिको विरोध गर्दै लामिछानेले मुद्दा लड्ने एउटा प्रक्रिया भएको र उक्त प्रक्रियामा सहभागी हुने बताए। 

'कानूनी राज्यको प्रक्रियालाई सम्मान गर्दै त्यसमा सहभागी हुन्छु, कानूनी प्रक्रियाबाट भागेको मान्छे होइन', लामिछानेले भने, 'म त्यसबाट भागेको कहिले पो छु र र?'

लामिछानेले आग्रह पूर्वाग्रहका बारे अदालतले पनि बुझ्ने बताउँदै यो मुद्दा हो कि षड्यन्त्र हो अदालतले बुझ्नुपर्ने बताए।

प्रकाशित: २० चैत्र २०७९ १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App