४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो १७२ मत

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन।

प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत १ जनाले मत दिएनन्।  बैठकमा २६२ सा‌ंसद उपस्थित थिए। 

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु प्रभु साह,अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मत दिएका हुन।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे।

प्रतिनिधिसभाको सिट संख्याको ५० प्रतिशत सांसदले पत्ताएका व्यक्ति मात्र प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। २७५ सिटमध्ये कम्तिमा १३८ जना सांसदको मत प्राप्त भयो भने मात्र विश्वासको मत प्राप्त भएको मानिन्छ।  

१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका उनले २६८ मत प्राप्त गरेका थिए। उनलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु प्रभु साह , अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मत दिएका थिए भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विश्वासको मत दिएका थिएन्न। 

प्रकाशित: ६ चैत्र २०७९ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App