७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन प्रस्तावको समर्थन गर्न मधेसी माेर्चालाई भारतीय राजदूतको ‘दबाब’

भारतीय राजदूत रणजित राय।

काठमाडौं–नेपालस्थित भारतीय राजदूत रणजित रायले संविधान संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई ‘दबाब’ दिएका छन्। शनिबार विहान दूतावास मै बोलाएर राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका हुन्। संशोधन प्रस्तावलाई मधेसी मोर्चाले नस्विकार्ने बताएपछि राजदूत रायले चासो व्यक्त गरेका हुन्।

शनिबार विहान खानासहितको भेटमा राजदूत रायले संशोधन विधेयकका विषयमा मोर्चाको धारणा जान्न खोजेका थिए। जवाफमा मोर्चाका नेताहरुले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै त्यसलाई थप परिमार्जन गरिए आफूहरुलाई स्विकार्य हुने बताएका थिए।

राजदूत रायले अहिलेको अवस्थामा सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावलाई समर्थन गर्नु उचित हुने बताएका थिए।  मोर्चाको माग सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव दर्ता गराएको भन्दै त्यसलाई स्वीकार गर्न राजदूत रायले आग्रह गरेको स्रोतको दाबी छ।

‘हामीले सरकारले पेश गरेको संशोधन प्रस्तावलाई थप परिमार्जन गरे स्विकार गर्न सकिने बतायौं,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नागरिकन्युजसँग भने।’ स्रोतका अनुसार बैठकमा राजदूत रायले सरकारले मधेसी मोर्चाका माग सम्बोधन गर्न संशोधन प्रस्ताव ल्याएको भन्दै समर्थन गर्न मोर्चाका नेताहरुलाई दबाब दिएका थिए।  
शुक्रबार  राति मोर्चामा आबद्ध सातवटै दलका अध्यक्षलाई टेलिफोनमार्फत दूतावास बोलाइएको थियो। 

मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीबाहेकका नेताहरु दूतावास पुगेका थिए। यादव र भण्डारी राजधानी बाहिर भएका कारण दूतावास नभएको स्रोतले जनायो।

तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष  महेन्द्र राय यादवले  समसायमिक विषयमा छलफल भएको बताए। उनले विकास निर्माण र संविधान संशोधनका विषयमा छलफल भएको जानकारी दिए। ‘अरु नेताहरुले पनि त भेट गर्छन नी,’ उनले भने, ‘हामीले भेटगर्दा चाँही किन यतिधेरै हल्ला हुन्छ ?’

स्रोतका अनुसार बैठकमा राजदूत रायले अहिलेको अवस्थामा सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावलाई समर्थन गर्नु उचित हुने बताएका थिए।  मोर्चाको माग सम्बोधन गर्न सरकारले संशोधन प्रस्ताव दर्ता गराएको भन्दै त्यसलाई स्वीकार गर्न राजदूत रायले आग्रह गरेको स्रोतको दाबी छ।

प्रकाशित: १८ मंसिर २०७३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App