४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विश्वासको मतका लागि यति छिटै आउनुपर्ला जस्तो लागेको थिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्। 

उनले सोमबार प्रतिनिधिसभाको रोष्टमा उभिएर विश्वासको मत माग्ने क्रममा यस्तो बताएका हुन्।

‘फेरी विश्वासको मतका लागि यति छिटै अवस्था आउला भन्ने सोचेको थिइन’, उनले भने। प्रधानमन्त्री दाहालले सहयात्री दलका नेताहरुले सुरुमा राजनीतिक स्थायित्वको वाचा गरेपनि अहिले यस्तो अवस्था आएको बताए।

‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुबीच मतभेद थिएन। क्याबिनेटका बैठकहरु पनि सौहार्दपूर्ण वातावरणमा भइरहेका थिए। सबैसँगको व्यक्ति सम्बन्ध पनि सौहार्दपूर्ण थियो। तर मैले राष्ट्रिय सहमतीमा राष्ट्रपति चयनका लागि मेरो प्रस्ताव पछि राप्रपा र एमालेका मन्त्रीहरुले राजिनामा दिनुभयो। र, विश्वासको मत पनि फिर्ता लिनुभयो’, उनले भने।

प्रधानमन्त्री दाहालले पहिलो पटक २६ पुस २०७९ मा  विश्वासको मत लिएका थिए।

प्रकाशित: ६ चैत्र २०७९ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App