८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले संसदमा मागे विश्वासको मत

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।

दाहालले गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएपछि  पुस २६ गते पनि विश्वासको मत लिएका थिए।

तर कांग्रेससँग मिलेर १० दलीय नयाँ गठबन्धन बनेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।

त्यस्तै नेकपा एमालले भने दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

प्रकाशित: ६ चैत्र २०७९ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App