७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधन विधेयक मधेसी मोर्चालाई अमान्य

काठमाडौं— संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चा बैठकले संविधान संशोधन विधेयक नस्वीकार्ने निर्णय भएको हो।

'सरकारले ल्याएको संशोधन प्रस्तावलाई थास्थितिमा स्वीकार गर्न सकिँदैन। मतदानमा जाने अवस्थामा आए विपक्षमा भोट गर्नेछौं', मधेसी मोर्चाका नेता राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले नागरिकन्युजसँग भने।

'सरकारले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न सकिँदैन। मतदानमा जाने अवस्थामा आए विपक्षमा भोट गर्नेछौं', मधेसी मोर्चाका नेता राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले नागरिकन्युजसँग भने।

मधेसी मोर्चाका माग सम्बोधन गर्ने भन्दै कांग्रेस-माओवादी गठबन्धनले मंगलबार राति ७ बुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो। पाँच नम्बर प्रदेशबाट पहाडलाई अलग पार्ने सहितका संशोधनका बुँदा मोर्चाको माग नभएको नेताहरुले बताउँदै आएका छन्।

उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संशोधन प्रस्तावविरुद्ध बुधबार दिउँसै विज्ञप्ति निकालेर विरोध जनाइसकेको अवस्थामा मोर्चाको निर्णय आएको हो।

प्रकाशित: १५ मंसिर २०७३ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App