८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छ: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए।  

प्रकाशित: ३ चैत्र २०७९ ११:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App