६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदले तोक्छ पूर्वराष्ट्रपति–उपराष्ट्रपतिकाे सेवा सुविधा, ऐनमा छैन व्यवस्था

फाइल तस्बिर

गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति तथा निवर्तमान राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवासुविधासम्बन्धी व्यवस्था ऐनमा उल्लेख छैन।  

प्रथम राष्ट्रपति डा.रामवरण यादवका हकमा मन्त्रिपरिषद्ले निर्णय गरेर सेवासुविधाको व्यवस्था गरेको हो।  

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर डा.यादवलाई मासिक ५० हजार रूपैयाँ पारिश्रमिक तथा घरभाडा तथा थप सेवासुविधाबापत मासिक २ लाख रूपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ।  

इन्धनबापत सरकारले मासिक २ सय लिटर तेल उपलब्ध गराउँदै आएको बस्नेतले बताए। यसैगरी आवास तथा सचिवलायको पनि व्यवस्था गरिएको छ। पूर्वउपराष्ट्रपतिका हकमा भने मन्त्रिपरिषद्बाट निर्णय नगरिएको गृह मन्त्रालय स्रोतका भनाइ छ।  

बुढानीलकण्ठमा निर्माण भइरहेको निवर्तमान राष्ट्रपति विद्या भण्डारीको निवासका लागि चार ठाउँमा सेन्ट्री पोस्ट निर्माण गर्न १० लाख रूपैयाँ खर्च गर्न प्रस्ताव तयार गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार साहले जानकारी गराए।  

१० लाख रूपैयाँ अर्थले पठाए सेन्ट्री पोस्टमा खर्च गरिने साहको भनाइ छ। गृह मन्त्रालयका प्रवक्ता बस्नेतले भने निवर्तमान राष्ट्रपति भण्डारीका हकमा सेवासुविधाको सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी रहेको जानकारी गराए।

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App