२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

राज्यको अग्रगामी पुन:संरचना हुन आवश्यक छ: उपाध्यक्ष महरा

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुन:संरचना हुनुपर्ने बताएका छन्। 

आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले वृहत शान्ति सम्झौता गर्दा आफूहरुले राज्यको अग्रगामी पुन:संरचना गर्ने मान्यता आफूहरुको रहेको भन्दै आजसम्म पुन:संरचना हुन नसकेको बताएका हुन्।

उनले देश प्रतिगमनको दिशामा अगाडी बढिरहेको बताए। आफूहरुले शान्ति चाहेको र शान्तिबाट विचलित नहुने भन्दै राज्यको अग्रगामी पुन:संरचना भने आवश्यक रहेको बताए। वर्गिय, क्षेत्रिय, लिङ्गीय भेदभाव मेटिनेगरी राज्यको पुन:संरचना नहुँदासम्म द्वन्द्व निम्तिइ रहने उनको भनाइ छ। उनले आफूहरुले द्वन्द नचाहेको र शान्तिपूर्ण रुपमा राज्यको पुन:संरचना होस् भन्ने चाहेको उल्लेख गरे।  

उनले भने,‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा एउटा प्रतिवद्धता गरेका थियौँ, शान्ति प्रक्रियामा हामी सहभागि हुने। शान्ति प्रक्रियासँग हामी प्रतिवद्ध हुने। तर राज्यको पुन:संरचना हुनुपर्छ भन्ने मान्यता थियो। तर अहिले के देखिइराखेको छ भन्दाखेरी राज्यको पुन:संरचना होइन, प्रतिगमनको दिशामा अगाडी बढिराखेको छ। वास्तवमा यो लडाइँ अग्रगमन र पश्चगमनको लडाइँ हो। फेरि मुलुकलाई पछाडी धकेल्ने कि अगाडी बढाउने भन्ने लडाइँ हो। कुनै मुद्दाको विषय होइन। मुद्दाको विषय एउटा प्रशंग हो। तर यो प्रशंगसँग सम्बन्धित वास्तवमा राज्यलाई अगाडी बढाउने कि, राज्यलाई पछि धकेल्ने भन्ने विषयसँग सम्बन्धित छ। हामी शान्ति चाहन्छौँ। हामी शान्तिबाट विचलित छैनौँ। तर राज्यको अग्रगामी पुन:संरचना हुनुपर्दछ। जनताका तमाम समस्याहरु वर्गिय, क्षेत्रिय, लिङ्गीय भेदभाव छ यी भेदभावको मेटिने किसिमले राज्यको पुन:संरचना नहुने हो भने यो द्वन्द निम्तिइ रहने छ। हामी द्वन्द निम्त्याउन चाहदैनौँ। हामी शान्तिपूर्ण तरिकाले राज्यको पुन:संरचना होस्। र जनताको समस्याहरु सम्बोधन हुन् भन्ने चाहन्छौँ।’

प्रकाशित: २८ फाल्गुन २०७९ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App