९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुँदै

काठमाडौं-पद र शक्तिको दुरुपयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बद्‌नाम गर्ने कार्यमा संलग्न लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आज मंगलबारदेखि छलफल सुरु हुँदैछ। ३ बजे बोलाइको संसद बैठकमा महाअभियोग प्रस्ताव टेबुल हुनेछ। त्यसपछि प्रस्तावक सांसदले महाअभियोग दर्ता गर्नुके औचित्यबारे बोल्नेछन्।

आजै महाअभियोग प्रस्तावकका समर्थकको बोल्ने क्रम समेत सुरु हुने सम्भावना छ। प्रस्तावमाथिको छलफलमा बोल्ने समय कसरी व्यवस्थित पार्ने भन्नेबारे संसद सचिवालयले काम गरिरहेको छ।

गत बुधबार एमाले र माओवादीका १ सय ५७ सांसको हस्ताक्षरबाट संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। बिहीबार नै महाअभियोग प्रस्ताव संसदमा टेबुल हुने कार्यक्रम तय भए पनि दलहरुले समय मागेपछि पछि स्थगित गरिएको थियो।

आजदेखि संसदमा हुने प्रस्तावमाथिको छलफलमा आएका राय सुझाब महाअभियोग सिफारिस समितिमा जानेछन्। यो समितिमै अख्तियार प्रमुख कार्कीलाई प्रस्टिकरण समेत दिनुपर्नेछ। संसदको छलफलबाट आएका विचार तथा कार्कीको जवाफ सुनिसकेपछि समितिले महाअभियोगबारे आफ्नो राय सहित संसदमा पेश गर्नेछ। त्यसपछि मात्र संसदमा महाअभियोग प्रस्तावमा मतदान हुनेछ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App