२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देशका समस्याहरुलाई समाधान गर्न सबै पार्टीहरु एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन्।  

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै ति समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन्।  

उनले एमाले लगायतका सबै राजनीतिक दलहरु मिलेर जानुपर्ने बताए। उनले संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे।  

उनले भने,‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ति चुनौतीहरु सामना गर्नलाई देशका सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो। सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्‍यो। मिलेर जानुपर्छ। देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरु एक भएर जानुपर्छ। संकटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ। यो मेरो नीजि कुरा हो।’

प्रकाशित: १४ फाल्गुन २०७९ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App