२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा एमालको उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

फाइल तस्बिर

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्।  

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन्।  

उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए। सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनको भनाइ छ।  

प्रकाशित: १० फाल्गुन २०७९ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App