१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिमा सबै दल मिल्ने ‘लिंक’ खोजिरहेका छौँ: उपप्रधानमन्त्री श्रेष्ठ

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै राजनीतिक दलबीचको सहमती खोजिएकाले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीमा अहिले सम्म कुनै निर्णय नभएको बताएका छन्।  

मंगलबार गृहजिल्ला गोरखामा अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जो हिजो लोकतन्त्र र गणतन्त्रको निम्ती संघर्ष गरे ती सबै दलहरु मिल्ने गरी लिंक हामीले बनाउनुपर्छ, त्यसैको खोजीमा छौँ।’

राष्ट्रपतिको विषयमा सहमतीको जिम्मा अध्यक्षका हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिईनु स्वभाविक भएको बताउँदै उनले सोमबारको बैठकमा निर्णय नभएको बताए। ‘सबै पार्टीसँग अहिले पनि छलफल चलिरहेको छ’, उनले भने, ‘कांग्रेस कि एमाले भन्ने छैन, सकेसम्म देशको अहिलेको आवस्यकता, सामाजिक न्याय सहितको समृद्धीको लक्ष्य हाँसिल गर्न सहमतीमा राष्ट्रपति छनौँ भन्ने हो।’

प्रकाशित: ९ फाल्गुन २०७९ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App