२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी नेता देव गुरुङ भन्छन्ः पूर्व राजा ज्ञानेन्द्रको स्टेट्मेन्टको अर्थ छैन

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको टिप्पणी गरेका छन्। प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले गणतन्त्र र संविधानलाई आत्मसाथ नगरेका पूर्व राजा ज्ञानेन्द्रको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको बताएका हुन्। 

प्रजातन्त्र दिवसको अघिल्लो दिन साँझ पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरु र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।सोहि विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा उनले भने, ‘पूर्व राजा ज्ञानेन्द्रले देशमा भएको परिवर्तनलाई आत्मसाथ गरेका छैनन्। गणतन्त्र र संविधानलार्य आत्मसाथ गरेका छैनन् । यो आत्मसाथ नगरेसम्म पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य सम्भव छैन।’

उनले सहकार्यका लागि समान धारणा हुन जरुरी रहेको तर दलहरु र राजसंस्थाबीच त्यस्तो धारणा समान नभएको बताए। ‘सहकार्यका लागि त डेमोक्रेसीको रक्षा, संविधानको रक्षाका लागि सहकार्य हुनुप¥यो,’ उनले भने, ‘अहिलेको संविधानलाई, गणतन्त्रलाई, परिवर्तनलाई आत्मसाथ गर्न जरुरी छ। तर उहाँ त डेमोक्रेसीलाई निषेध गर्न खोज्ने व्यत्ति हो।’ ज्ञानेन्द्रले राष्ट्रियताको मात्रै कुरा गर्ने गर्ने आरोप गुरुङको छ। ‘यो त कोरा राष्ट्रवाद हो। कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन भन्ने कुरा पुष्टि गर्दै आएको छ,’ उनले भने।

प्रकाशित: ७ फाल्गुन २०७९ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App