२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धि कानून परिमार्जन गर्दैछः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छिन्।  

आइतबार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी  कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन्।  

उनलेसरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन्। मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनलेसमितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औंल्याइन्।  

प्रकाशित: ७ फाल्गुन २०७९ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App