२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको इशारामा प्रहरीको अनुसन्धान र अदालती प्रक्रिया चल्छ: नेता सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको इशारामा प्रहरीको अनुसन्धान र अदालती प्रक्रिया चल्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकमा सिंहले प्रहरीको अनुसन्धान र अदालती प्रक्रिया सरकारले चाहेअनुसार हुने भन्दै संशय प्रकट गरेका हुन्।

उनले भने, ‘अनुसन्धानको क्रममा २४ घण्टा भित्र कुनैपनि मुद्दामा पनि अदालतबाट म्याद थप गराउँछ। त्यसलाई अदालतले दोषी मान्दैन। पुलिसलाई अनुसन्धानको क्रममा त्यो अधिकार दिइएको छ। किन पुलिसले फ्रि अनुसन्धान गरुन्। प्रधानमन्त्रीको, गृहमन्त्रीको हातको खेलौना छ पुलिस। यस्तो अवस्थामा सांसदलाई पक्राउ गर्दैमा उसको पद निलम्वन गर्न मिल्दैन।’

प्रकाशित: २७ माघ २०७९ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App