४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीकाे सपथ साढे ३ बजे, मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिले साढे ३ बजे शपथ लिने भएका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउने भएका हुन्।  

त्यसपछि आजै मन्त्रिपरिषद् विस्तार गर्ने या नगर्ने भन्ने टुंगो लाग्न सकेको छैन। त्यसका लागि कांग्रेस र नेकपा एकीकृत समाजवादी बीच छलफल जारी नै छ।

 ‘मन्त्रिपरिषद् विस्तार आजै गर्ने कि नगर्ने भन्ने विषयमा हामी छलफलमै छौं,’ मुख्यमन्त्री शाहले भने,‘शपथ ग्रहणपछि विस्तार गर्ने भन्ने सोच हो, त्यसका लागि छलफलमै छौँ।’

प्रकाशित: २७ माघ २०७९ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App