५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी) को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आजदेखि सुरु भएको छ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल गरिने छ।

देशभर सङ्गठनको अवस्था र भावी रणनीतिका बारे प्रतिवेदन प्रस्तुत गरिने बैठकमा राष्ट्रिय अधिवेशनका लागि मिति तोक्न छलफल गरिने छ। सङ्गठनलाई आगामी जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी छ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै समुदायको संस्कृति संरक्षण गर्नुपर्ने बताए।

उनले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको प्रष्ट पारे।

प्रकाशित: २६ माघ २०७९ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App