१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश सभा बैठक बेलुका ४ बजेलाई सर्‍यो

सुदूरपश्चिम प्रदेश सभाको बैठक बेलुका ४ बजेलाई सरिएको छ। बिहिबार दिउँसो १ बजे बस्ने भनिए पनि बैठक बेलुका ४ बजेलाई सरिएको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिदै छन्। तर नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बैठक सरिएको हो।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन्। केही दिनअघि काठमाडौं आएका उनीहरू अहिले पनि काठमाडौंमा वार्ता र छलफल गरिरहेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीले थुनामा रहेका रेशम चौधरी र भर्खरै पक्राउ परेका सांसद् अरूण चौधरीलाई रिहाइ गर्ने ग्यारेन्टी नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान राखेको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो।

प्रकाशित: २६ माघ २०७९ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App