२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डेटा सेन्टरकाे सुरक्षा र मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डेटा सेन्टरहरुको सुरक्षा र मुख्य साँचो सरकारसँग नभएको बताएकी छिन्।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘हामीसँग थुप्रै डेटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन। हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौं ? मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन।’

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छिन्। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन्।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना पनि सार्वजनिक गरिन्।

उनले भनिन्, ‘आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाइट छैन। हिजोको सरकारले हातहातमा मोवाइल, घरघरमा इन्टरनेट भन्दा त्यो नारा पनि सम्भव हो र भनेजस्तो हामीलाई लाग्दथ्यो। तर आज आएर त्यो सम्भव भयो। त्यसका निम्ति तपाइहरुको अनुभवले हामीलाई पनि सहयोग गर्नु हुनेछ भन्ने मलाइ लागेका छ।’

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा पनि जोड दिइन्। उनले सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहेको पनि बताइन्। 

प्रकाशित: २४ माघ २०७९ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App