२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएकी छिन्।

आइतबार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। उनले नेपाल टेलिकम सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्य अनुसार समेटेर मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताइन्।

उनले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउने जिम्मेवारी पनि नेपाल टेलिकमको भएको उल्लेख गरिन्। मन्त्री शर्माले विगतको सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्वकांक्षी नारा सार्थकता पाएको बताइन्। उनले नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सही सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने बताइन्। उनले नेपाल टेलिकम जस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह, रोजगारी सिर्जना राजश्वको महत्वपूर्ण स्रोतको रुपमा विकास गर्ने राज्यको प्राथमिकता रहने बताइन्।

मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्वीकार गरिन्। उनले कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उल्लेख गरिन्। उनले सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

टेलिकम सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन्। टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन्। आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कुल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ। हाल टेलिकममा फोर जी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन्। टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ। यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ।

प्रकाशित: २२ माघ २०७९ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App