२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा नेता श्रेष्ठको निवेदन

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।  

आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन्। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए। 

सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन्।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए।  

‘निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो’, उनले भने,  ‘६ महिना भन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्ने छ। यस बाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन।’

उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको स्पष्ट पारे।  

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए। 

प्रकाशित: २२ माघ २०७९ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App