२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मापदण्डलगत्तै ७० सिडिओ सरुवा

सिडिओ सरुवाको मापदण्ड बनाएको दुई दिनपछि गृह मन्त्रालयले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ।  

मन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूको सरुवा गरेको हो। शुक्रबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौंलगायतका सात जिल्ला बाहेक सबै जिल्लाका सिडिओेको सरुवा गरेको छ।  

गृह मन्त्रालयका अनुसार सरुवा गरिएकाहरूमा सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचय पत्रकी उपसचिव मिना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा, सिराहका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिराहामा, गृह मन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमाका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ।  

यसैगरी, अछामका प्रजिअ रामदत्त पाण्डेलाई गृह मन्त्रालयमा, सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्युठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा , सर्लाहीका थानेश्वर गौतमलाई गृह मन्त्रालयमा, राष्ट्रिय परिचय पत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, गुुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसीलाई धनकुटाको प्रजिअ बनाएर पठाइएको छ।  

यसैगरी, ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङलाई गृहमन्त्रालयमा ,काभ्रेका हुमकला पाण्डेलाई सुनसरीमा, चितवनका आशमान तामाङलाई गृहमन्त्रालयमा, वाग्लुङका रमेश ढकाललाई धादिङमा, नुवाकोटका नारायण प्रसाद रिसाललाई गृहमन्त्रालयमा ,झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको छ।  

यसैगरी तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी वर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा, गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भटट्राइलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यान र धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रजिअमा सरुवा गरिएको छ।  

यस्तै नवलपरासी वर्दघाट सुस्तापूर्वका सुमन घिमिरेलाई गृह मन्त्रालयमा, दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा, जेलर बसन्तराज पुरीको जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअमा, भक्तपुरकी रुद्रादेवी शर्माको गृह मन्त्रालयमा, सुर्खेतका खगेन्द्र प्रसाद रिजालको भक्तपुरको प्रजिअ बनाइएको छ। पर्वतका नारायण प्रसाद सापकोटाको सुर्खेतको प्रजिअमा, तनहुँका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअमा, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका श्रवण कुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जाको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ माघ २०७९ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App