२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीपरिषद बैठक: सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ता ताेकिएकाे छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो।

बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। 

नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने पिन बैठकले निर्णय गरेकाे छ। त्यस्तै बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ।

सरकारले  प्रतिक्वीटल उखुको मूल्य ५४० रुपैया तोकेको छ। ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको पौडेलले जानकारी दिए ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ४ माघ २०७९ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App