१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन्।

सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका हुन्।

उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए। वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा उनले जोड दिए।

महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए। उनले भने, ‘मैले तपाईहरुका बीचमा सुनिरहेको सन्दर्भ के भने दोहोर्‍याएर फेरि स्ववियुमा जान पाइन्छ कि पाइँदैन? एम ए पास गरिसकेको मान्छे बिए मा भर्ना हुन पाइन्छ कि पाइँदैन त्यही क्याम्पसमा? यो कुनै जरुरी छ? यो विषय हाम्रो वहसको विषय बन्यो भने यो अखिलले समाजलाई बदल्न सक्छ? त्यसअर्थमा हामीले भन्नुपर्‍यो हामी नेताहरु जो छौँ अहिलेसम्म काम गरेर नेतृत्वमा रहेकाहरुले के भन्नुपर्‍यो भने अबको नेतृत्व विकासको जिम्मा मेरो जिम्माको कुरा हो।’

प्रकाशित: २ माघ २०७९ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App