६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पृथ्वीनारायण शाहको भूमिकाका बारे विवाद गर्नुपर्ने आवश्यक्ता छैन: यातायातमन्त्री श्रेष्ठ

फाइल तस्बिर।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताएका छन्।

पृथ्वी जयन्तिको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यक्ता समेत नरहेको बताए।

उनले सञ्चारकर्मीहरुमाझ नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहले गर्नु पर्ने समेत बताए। उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह। वास्तवमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यक्ता छैन।

राज्य विस्तारकै तरिकाद्वारा बस्तुगत रुपमा नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत् भयो। त्यसलाई स्मरण गर्दै, त्यसलाई सम्मान गर्दै सरकारले आज दिनलाई पृथ्वी जयन्तिको रुपमा विदा दिने निर्णय गरेको छ। यसको ऐतिहासिक महत्व स्थापित भएको छ। पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं।’

सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको छ।

प्रकाशित: २७ पुस २०७९ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App