८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मधेस प्रदेश प्रमुले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुस २८ गते दिउँसो ४ आह्वान गरेको छ। शुक्रबार प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पाराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुख्यमन्त्री नियुक्तिका लागि उक्त समयसीमाभित्र दावी पेस गर्न भनिएको छ।

आम निर्वाचन २०७९ को परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको विज्ञप्तीमा उल्लेख छ। त्यसकारण नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते बिहीबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्।

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९(९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १(१ र पाँच स्वतन्त्र सांसद छन्।

प्रकाशित: २२ पुस २०७९ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App