१ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

युवा संघले विरोध गर्नु सरकार छोड्दाको छटपटीः अमरेशकुमार सिंह

का‌ंग्रेस सांसद अमरेशकुमार सिंह। फाइल फोटो

काठमाडौं— नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले सत्ता छोड्नु अघिको पीडाका कारण एमालेको युवा संघले आफूविरुद्ध प्रदर्शन गरिरहेको बताएका छन्। 'एमालेलाई सरकार छोड्न लाग्दाको छटपटी छ। पीडा छ। त्यही छटपटी मविरुद्ध पोखिएको हो', नागरिकन्युजसँग सांसद सिंहले भने, 'यो त्यही उत्तेजना हो।'

एमालेलाई सरकार छोड्न लाग्दाको छटपटी छ। पीडा छ। त्यही छटपटी मविरुद्ध पोखिएको हो। यो त्यही उत्तेजना हो।

सांसद सिंहले शनिबार संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रोगी भएको बताएका थिए। त्यसपछि केहीबेर संसदमा हंगामा भएको थियो।

युवा संघले सांसद सिंहलाई देश निकालाको माग गर्दै शनिबार नयाँ वानेश्वरमा प्रदर्शन गरेका छन्। आइतबार पनि अध्यक्ष राजीव पहारी नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको छ। सिंहलाई तत्काल पक्राउ गर्न समेत युवा संघले माग गरेको छ।

'यो सब सरकार छोड्ने बेलाको बकबास हो', सांसद सिंहले नागरिकन्युजसँग भने, 'सरकार छोड्दा देखिएको स्वभाविक छटपटी हो।'

प्रकाशित: ९ श्रावण २०७३ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App