८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै सरकार गठनका लागि आव्हान गरिएको हो। प्रदेशसभामा कुनै एक दलको एकल बहुमत नआएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नका लागि उनले सात दिनको समय सीमा दिएका छन्।

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।

विज्ञप्ति:

प्रकाशित: २० पुस २०७९ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App