८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

आजपाले तोक्यो मधेश प्रदेशको विभिन्न जिल्लाको जिम्मेवारी

प्रभु साहको नेतृत्वमा नवगठित आम जनता पार्टी (आजपा)ले मधेश प्रदेशका आठ जिल्लाको विभिन्न पदाधिकारी तोकेको छ।  आजपाले आइतबार पर्सादेखि सप्तरीसम्म आठ जिल्लाको संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो। 

पार्टी अध्यक्ष प्रभु साहले जिम्मेवारी बाँडिएको जानकारी गराएका छन्। आजपाको पर्सा जिल्ला संयोजकमा कमद रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक तोकिएका छन् भने बाराको अध्यक्ष, सचिव र इन्चार्जमा क्रमशः उमेश कुशवाहा, राजकिशोर साह र अशोक लामा तोकिएका छन्।  

पार्टी अध्यक्ष साहको गृह जिल्ला रौतहटको अध्यक्षमा धर्मेन्द्र पटेल, सचिवमा पटल चौधरी र इन्चार्जमा त्रिभुवन साह अमर रहेका छन्। यसअघि पटेल जसपाको जिल्ला इन्चार्ज तथा अमर नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका थिए। सर्लाहीको अध्यक्षमा तुल्सीप्रसाद हुमागाईँ, सचिवमा नवीन साह र इन्चार्जमा रीतादेवीलाई चयन गरिएको छ।  

यसै गरी महोत्तरीको अध्यक्षमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्यामलाई जिम्मेवारी दिइएको छ भने धनुषाको अध्यक्ष श्रीलाल महासेठ, सचिव बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठलाई तोकिएको छ।  

सिराहाको अध्यक्षमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादवलाई तोकिएको छ भने सप्तरीको अध्यक्षमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजाद तोकिएका छन्। आजपाले तिव्र रुपमा संगठन विस्तारको काम थालेको केन्द्रीय अध्यक्ष साहले बताएका छन्।

प्रकाशित: १७ पुस २०७९ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App