१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश सभा सदस्यको शपथग्रहण आज

लुम्बिनी प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथग्रहण गर्ने भएका छन्। प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेश सभा भवनमा शपथ ग्रहण गर्ने जनाइएको हो।  

प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने छन्। प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउने र त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई शपथग्रहण गराउने व्यवस्था छ। तर लुम्बिनीमा प्रदेशमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथग्रहण गराउने गरेका छन्।

प्रकाशित: १७ पुस २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App