२२ असार २०७७ सोमबार
राजनीति

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा 'स्वतन्त्र युवा' ले गरेको प्रदर्शनमा एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी पनि पुगेका छन्। माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन भएको थियो।
स्वतन्त्र युवा अभियान नाम दिएर प्रदर्शन गरिएको भए पनि युवा संघका अध्यक्ष सहितको नेतृत्व प्रदर्शनमा सहभागि बनेका थिए।  

प्रधानमन्त्री ओलीका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि युवा संघले एक विज्ञप्ति निकाल्दै देशव्यापी भण्डाफोर गर्ने समेत बताएको थियो।

युवा संघका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीलाई साहसिक निर्णय लिन आग्रह गरेका थिए।

उनको नेपाल र नेपाली जनताको हित विपरित नेपालको स्थिरतालाई खल्वलाउन अनेक किसिमका षडयन्त्र भएको  बताउँदै यस प्रकारका षडयन्त्र गर्ने देशीविदेशी जो सुकैलाई नेपाली भूमि भित्र कडा निगरानी राख्ने पनि चेतावनी दिएका थिए।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App