१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन छः काँग्रेस नेता विश्वकर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन्।

काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपा लगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए।

नेता विश्वकर्माले भने, ‘अब उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ। तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सात वटा दल छन्। ७ वटा दलको दाबी त बाहिर आएकै छैन। त्यो दाबी सुन्नै पाएका छैनौ । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन्। ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं। उहाँहरुको राजा आऊ, देश बचाऊ होला।’

प्रकाशित: १२ पुस २०७९ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App