coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रकृया सुरु गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ। 

बुटवलमा सम्पन्न बैठकले निर्माण गरेको यो समितिले पार्टीको संसदीय दलको नेता चयन गर्ने कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता एवं लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराजव पाण्डेको संयोजकत्वमा बनेको समितिमा बिष्णु कुमारी सापकोटा र देवनारायण चौधरी सदस्य छन्। प्रवक्ता न्यौपानेका अनुसार नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ लगत्तै संसदीय दलको नेता चयन गरिने छ। ‘पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरिएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘सांसदहरुको सपथ लगत्तै संसदीय दलको नेता चयन गर्ने गरि यो समितिले तयारी गर्नेछ।’  

कांग्रेस संसदीय दलको नेताका लागि चार सांसदहरु आकांक्षी देखिएका छन्। डिल्ली बहादुर चौधरी, राजु खनाल,अब्दुल रज्जाक र बिरबहादुर राना संसदीय दलको नेता बन्ने दौडमा छन्। संसदीय दलको नेता चयनका लागि बनेको समितिले सहमतीमै दलको नेता चयनका लागि प्रयास थाल्ने छ। यसो हुन नसके निर्वाचनका माध्यमबाट संसदीय दलको नेता चयन गरिने छ। ‘सहमतीमै दलको नेता चयन गर्ने गरी हामीहरुले प्रयत्न गर्ने छौँ’, समितिका संयोजक कांग्रेस प्रदेश सहमहामन्त्री खगराज पाण्डेले भने,  ‘यसो हुन नसकेको खण्डमा थप प्रकृयाद्धारा दलको नेता चयन गरिने छ, सांसदहरुको सपथ भएको भोलीपल्टै संसदीय दलको नेता चयनको काम सुरु हुने छ।’  

यसैगरी कांग्रेस लुम्बिनी प्रदेशले माओवादीसँगको गठबन्धन टुट्नुमा पार्टी नेतृत्वको कमजोरी भएको निष्कर्ष निकालेको छ। नेतृत्वको अदुरदर्शिताका कारण कांग्रेस सत्ताबाट बाहिरिनुपर्ने अवस्था आएको निष्कर्ष निकालिएको पार्टी प्रवक्ता न्यौपानेले जानकारी दिए।

प्रकाशित: १२ पुस २०७९ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App