२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल प्रहरीका २३ एसपीको सरुवा

नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।

एसपीको काज सरूवा भएसँगै आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरफेर भएका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुर्गाराज रेग्मीको जिल्ला प्रहरी कार्यालय झापामा सरूवा भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका विश्वराज खड्काको धनुषा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्जका नरेशराज सुवेदीको सर्लाही, कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगरका राजकुमार सिलवालको सिन्धुली र काठमाडौं उपत्यका प्रहरी कार्यालयका सन्तोषसिंह राठौरको बाँकेमा सरूवा भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका योगेन्द्र सिंह थापाको सुर्खेत र काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखाका देवेन्द्रबहादुर पालको कैलालीमा सरूवा भएको छ।

त्यस्तै नेपाल प्रहरी पहरा गण सामाखुसीमा रहेका कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ।

प्रकाशित: ४ पुस २०७९ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App