१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहको साझा उम्मेदवार चुन्न गुरुङलाई पुनको सुझाव

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संसदीय दलको नेता संस्थापन इतर समूहबाट चयन गर्न सुझाव दिएका छन्।

कांग्रेसका उपसभापति धनराज गुरुङलाई भेटेर प्रदेश सभापति पुनले संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरेर अघि बढ्न सुझाव दिएका हुन्। इतर समूहबाट शेखर कोइराला र गगन थापा आकांक्षी रहेको चर्चा चलिरहेका छन्। ‘कांग्रेसको संगठन मजबुत बनाउनका लागि पार्टीको संसदीय दलको नेता संसथापन इतर समूहबाटै चयन हुनुपर्छ,’ पुनले उपसभापति गुरुङलाई भने ‘यसका लागि त संस्थापन इतर समूहको एकल साझा उम्मेदवार चयन गर्नु पर्यो।’

काठमाडौँमा भएको भेटका क्रममा उपसभापति गुरुङले साझा उम्मेदवार चयन गरेरै अघि बढिने बताएका थिए। यसैगरि उनीहरुबीच संसदीय दलको नेता चयन, संघीय तथा प्रदेश सरकार गठनका बिषयमा समेत छलफल भएको थियो।              

प्रकाशित: ३ पुस २०७९ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App