१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

काठमाडौं- सरकारले भूकम्प पीडितलाई तत्काल राहत नदिए नेपाली कांग्रेसले संसद वैठक अवरुद्ध गर्ने तयारी गरेको छ। बिहीबार संसदीय दलको बैठकमा कांग्रेसले विभिन्न विषयगत समिति बनाउने र भूकम्प पीडितहरुको लागि तत्काल २ लाख राहत दिनुपर्ने, काठमाडौं उपत्यका सहित सहरमा २५ लाख र ग्रमिण क्षेत्रमा दिने भनिएको १५ लाख अनुदान ऋणको विषयमा छलफल गर्न लागेको हो। पीडितलाई सरकारले दिने भनेको राहत तत्काल कार्यान्वयन नगरे वा प्रधानमन्त्रीको उचित प्रतिवद्धता नआएमा संसद अवरुद्ध गर्ने तयारी रहेको सभापति देउवाका नीजि सचिव केशव जोशीले जनाए।
यस्तै देउवाले संसदीय दल कार्यसमितिलाई पूर्णता दिएका छन्। उनले वुधबार कार्यसमितिमा ५ जना मनोनित गरेका हुन्। मनोनितहरुमा संजय कुमार गौतम, दीर्घराज भाट, तारामान गुरुङ, कञ्चनचन्द्र वादे र चन्द्रदेवी जोशी रहेका छन्। तर दलको उपनेता भने चयन हुन सकेको छैन। यो भन्दा अघि नेता रामचन्द्र पौडेलले समितिमा मनोनित गर्न भन्दै देउवालाई ४ जनाको नाम दिएका थिए।

प्रकाशित: ८ असार २०७३ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App